अर्थ / बाणिज्य

सानिमा बैँकद्वारा १० लाख रूपैयाँको दुर्घटना बीमा रकम हस्तान्तरण

इकागज |
बैशाख १५, २०८० शुक्रबार १४:५७ बजे

काठमाडौं – सानिमा बैँकले सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बीमा दाबी रकम भुक्तानी गरेको छ । बैँकका खाता वाला उदयकुमार साहको दुर्घटना भई मुत्यु भएको र निजको हकवाला श्रीमती आशा कुमारीलाई सानिमा दीर्घायु बचत योजना अन्तर्गत १० लाख रूपैँयाको दुर्घटना बीमा रकम भुक्तानी गरेको थियो । 

सानिमा बैँकका मधेस प्रदेश प्रमुख दीपेश सिंह ठकुरीले बीमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको संयोजनमा बीमा रकमको चेक हस्तान्तरण गरेको प्रमुख निक्षेप हेमराज सञ्ज्यालले बताए । 


स्वर्गीय उदय कुमार साहले सानिमा बैँकको पटेर्वासुगौली शाखामा उक्त योजना अन्तर्गत बचत खाता खोलेका  थिए । 


 


Author

थप समाचार
x