अर्थ / बाणिज्य

यसरी ध्वस्त पारिँदैछ उदयपुर सिमेन्ट उद्योग

इकागज |
जेठ ४, २०८० बिहीबार १९:३९ बजे

काठमाडौँ- सरकारी उद्योग उदयपुर सिमेन्ट कारखाना यतिखेर बन्द छ । नेपाल विद्युत् प्राधिकरणले महसुल नतिरेपछि गत शुक्रबार विद्युत् लाइन काटेपछि पूर्ण रूपमा बन्द हुन पुगेको हो ।

प्राधिकरणले लाइन काट्नुअघि पनि यो उद्योग बन्द थियो— कोइला किन्ने पैसा थिएन । केपी ओली सरकारले नियुक्त गरेका महाप्रबन्धकको अक्षमताका कारण उद्योग धराशायी बन्न पुगेको भन्दै त्यहाँका मजदुर युनियनहरूले प्राधिकरणले लाइन काट्नुअघि नै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई ध्यानाकर्षण गराएका थिए ।


तत्कालीन ओली सरकारले २०७७ साल माघमा भोजपुरका गोपीकृष्ण न्यौपानेले महाप्रबन्धक नियुक्त गरेको थियो । राजनीतिक दलका निकट व्यक्तिलाई सार्वजनिक संस्थानको प्रमुख नियुक्त गराएरै सरकारले सार्वजनिक संस्थानहरू ध्वस्त पार्दै आएको छ ।

उद्योग ध्वस्त हुनुमा त्यहाँका सबै मजदुर युनियनहरूले संयुक्त रूपमा प्रकाशित विज्ञप्तिमा कारण देखाइएको छ ।


Author

थप समाचार
x