अर्थ / बाणिज्य

नेपाल क्लियरिङ्ग हाउसकाे सञ्चालकमा अमित श्रेष्ठ नियुक्त

इकागज |
भदौ १८, २०८० सोमबार २१:३२ बजे

काठमाडौँ– नेपाल क्लियरिङ्ग हाउसकोको आइतबारको सञ्चालक समितिको बैठकबाट फाइनान्स कम्पनीहरूका तर्फबाट आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडका डेपुटी प्रमुख कार्यकारी अधिकृत अमित श्रेष्ठलाई सञ्चालक पदमा नियुक्त गरिएको छ । 

यसअघि सञ्चालक रहेका रिलायन्स फाइनान्सका समाजप्रकाश श्रेष्ठको प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति भए पश्चात् नेपाल क्लियरिङ्ग हाउसको उक्त सञ्चालक पद रिक्त रहेको थियो ।  


श्रेष्ठको वाणिज्य बैंक तथा फाइनान्स कम्पनीको क्षेत्रमा २१ वर्ष भन्दा बढीको अनुभव रहेको छ ।  

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरू मार्फत प्रवर्द्धित यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट एक–एक जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना गरी जम्मा सात जनाको प्रतिनिधि रहने व्यवस्था रहेको छ । 

एनसीएचएलले राष्ट्रिय स्तरको भुक्तानी प्रणालीहरू स्थापना तथा सञ्चालन गर्दै आएको छ ।  

 


Author

थप समाचार
x