अर्थ / बाणिज्य

'आइएमई पे'बाट पहिलाे पटक एयरलाइन्सकाे टिकट काट्ने ग्राहकहरूलाई छुट

इकागज |
भदौ २५, २०८० सोमबार १७:३५ बजे

काठमाडौँ – नेपालको पहिलो डिजिटल वालेट 'आइएमई पे'ले  एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोगमार्फत फ्ल्याटमा ५०० रुपैयाँ क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।

यस  अफर अन्तर्गत सेवाग्राहीले आइएमई पेमार्फत पहिलो पटक टिकट खरिद  गर्दा ‘FLYIME’ प्रोमो कोड प्रयोग गरी  ५०० रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।


सेवाग्राहीहरूलाई विद्युतीय भुक्तानी माध्यम मार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उद्देश्यका साथ ल्याइएको यो अफर भाद्र २४ देखि सुरु भएको छ र पहिलो १००० योग्य सेवाग्राहीलाई प्रदान गरिने छ।

यो अफर पहिलो पटक एयरलाइन्स टिकट काट्ने सेवाग्राहीहरूलाई सीमित अवधिका लागि मात्र हो।

 

 


Author

थप समाचार
x