अर्थ / बाणिज्य

सैलुङको पर्यटन प्रवर्द्धन गर्न 'वाइल्ड स्टे विथ चौंरी'

इकागज |
असोज १, २०८० सोमबार १४:१२ बजे

काठमाडौँ- सैलुङको पर्यटन प्रवर्द्धन गर्न स्पार्क कारले 'वाइल्ड स्टे विथ चौंरी'को आयोजना गर्ने भएको छ ।​ पर्यटकीय दृष्टिमा प्रचार-प्रसार नभएको भन्दै सैलुङमा स्पार्क कारले 'स्पार्क एड्भेन्चर २०२३' अन्तर्गत वाइल्ड स्टे विथ चौंरी गर्न लागेको हो ।

स्पार्क एड्भेन्चरको दोस्रो संस्करण दोलखा र रामेछापको सिमानामा रहेको सैलुङ र त्यहाँको चौरी गोठलाई केन्द्रित गर्दै आयोजना गर्न लागेको कार्यक्रमका संयोजक अमरदीप भट्टराइले जानकारी दिए ।


आगामी असोजको ११ देखि १३ गतेसम्म हुने स्पार्क एड्भेन्चरमा कलाकार, प्रशासनिक एवं सुरक्षा निकायका अधिकारी, सहभागी हुने संयोजक भट्टराइले जानकारी दिए । 

असोज ११ गते बिहान काठमाडौंदेखि सैलुङको यात्रा सुरू हुनेछ। असोज १२ गते चौरी गोठ र सैलुङलाई 'एक्सप्लोर' गर्ने आयोजकले जनाएको छ। सोही दिन साँझ स्थानीय सांस्कृतिक कार्यक्रमसहित रैथाने खानामा रमाइनेछ । कार्यक्रममा सहभागी हुन दर्ता शुल्क ३० हजार रुपैयाँ रहेको छ ।

आन्तरिक पर्यटनको खोजी गर्ने, चौरीसँग जंगलमा रात बिताउने, स्थानीय संस्कृति, स्वादिष्ट खाना र नयाँ रमणीय ग्रामीण गन्तव्यहरू पत्ता लगाउने इच्छा भएका सहभागीहरूले कार्यक्रममा सहभागी हुन पाउनेछन् ।

हिमालयको पानारोमा भ्यु, लेकाली फूल र उच्च पहाडी इलाकाको अविश्वसनीय दृश्यको अनुभव गर्न सहभागी हुनुपर्ने भट्टराई बताउँछन्।

वर्षौंदेखि ओझेलमा परेका वा विदेश भ्रमणका कारण पहिलो रोजाइमा नपरेका आन्तरिक गन्तव्यहरूको खोजी गर्न स्पार्क एड्भेन्चरलाई भविष्यमा पनि निरन्तरता दिइने  संयोजक भट्टराईको भनाइ छ ।

साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले पर्यटकहरूका लागि यातायातको व्यवस्थापन गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभर ड्राइभर सहित सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ ।

गत वर्ष लमजुङको भुजुङमा भिर मौरीको सिकार गरेर स्पार्क एडभेन्चर सुरू भएको थियो।

 


Author

थप समाचार
x