अर्थ / बाणिज्य

दसैँलाई लक्षित गरी माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा बालुवाटारमा

इकागज |
असोज १, २०८० सोमबार १५:४५ बजे

काठमाडौँ- माछापुच्छ्रे बैंकले दशैलाई लक्षित गरेर नयाँ नोट साटन चाहनेका लागि बालुवाटारमा क्युआर कोडको व्यवस्था गरेको छ । डिजिटल भुक्तानी सेवालाई प्रोत्साहन गर्न माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग बालुवाटारमा क्यु. आर. कोड सेवा सञ्चालनमा ल्याएको हो ।

भदौ २९ गतेदेखे बालुवाटारमा सञ्चालनामा आएको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री नरेश शाक्यज्यू एंव माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कोईरालाज्युले संयुक्त रुपमा हस्ताक्षर गरेर सुरुवात गरेका हुन् ।


बडा दशैँलाई केन्द्रित गर्दै नेपाली नोट सटही गर्न चाहने सेवाग्राहीहरु प्रत्यक्ष लाभान्वित हुने गरि डिजिटल भुक्तानी सेवालाई बढावा दिने उद्देश्य सेवा बिस्तार गरिएको बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकमा नयाँ नेपाली नोट सटही लिन आउने सेवाग्राहीहरूले मार्फत भुक्तानी गरी सटही सुविधा लिन सक्ने छन् । सेवाग्राहीहरुको काम छिटोछरितो हुन गई नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ । 

फरक फरक माध्यममार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरुका लागि नवीन उत्पादन र सेवाहरु ल्याउन माछापुच्छ्रे बैंक सधैं तयार रहेको बताएको छ ।

बैंकले नगदरहित बैकिङ्गलाई बढावा दिदैं पहिलो डिजिटल सेवामार्फत आफुलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढि रहेको छ ।

 

 

 

 


Author

थप समाचार
x