अर्थ / बाणिज्य

आइएमईकाे घोषणा 'आइएमई गरौँ, करोडपति बनौँ'

इकागज |
असोज ३, २०८० बुधबार १३:२६ बजे

काठमाडौँ – नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिटेन्स मार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले 'आइएमई गरौँ,करोडपति बनौँ ' योजना  सार्वजनिक गरेको छ । 

आइएमई गरी रकम पठाउने सेवाग्राहीहरूमध्ये एक जनाले एक करोड रुपैयाँ नगद जित्ने छन् । 


सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन् । यसै गरी दसैँ,तिहार तथा छठ पर्वमा १८ सय सेवाग्राहीले थप आकर्षक उपहार प्राप्त गर्ने छन् । 

आइएमई गरी आइएमई पे वालेट र बैङ्क खातामा जम्मा गर्ने तथा आइएमई काउण्टरमा  रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी हुन पाउने छन् ।

यो योजना २०८० असोज २ गते देखि २०८१ भदौ मसान्त सम्म लागु हुने छ ।

आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईले वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीहरूलाई औपचारिक माध्यमबाट रकम पठाउन यो योजनाले उत्प्रेरकको रूपमा काम गर्ने बताएका छन् । 

साथै यो योजनाले डिजिटल माध्यमबाट रकम पठाउन सेवाग्राहीलाई प्रेरित गर्ने पनि प्रमुख कार्यकारी अधिकृत पौडेलले उल्लेख गरेका छन् ।


Author

थप समाचार
x