अर्थ / बाणिज्य

कति छ विदेशी मुद्राको विनिमयदर ?

इकागज |
असोज ९, २०८० मंगलबार ८:७ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।  


नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३४ पैसा रहेको छ भने युरो एकको खरिद दर १४१ रुपैयाँ २५ पैसा र बिक्री दर १४१ रुपैयाँ ८९ पैसा कायम भएको  छ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ४९ पैसा र बिक्री दर १६३ रुपैयाँ २२ पैसामा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.४३ रुपैयाँर बिक्री दर ८५.८२ रुपैयाँ तथा क्यनेडियन डलर खरिदमा ९८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९ पैसामा काराेबार गर्न सकिनेछ  । 

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८ रुपैयाँ ९७ पैसाले भाउँ पाउँदा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९१ पैसा र बिक्री दर ९ रूपैयाँ ९६ पैसा कायम गरिएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५७ पैसा रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५५ रुपैयाँ रहेको तथा मलेसियन रिंगिट एकको खरिद दर २८.३३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४६ रुपैयाँमा खरिदबिक्रीको अनुमति दिएको छ ।

साथै कुवेती दिनार १ को खरिदमूल्य ४२९.४४ पैसा  विक्रीदर ४३१.३८ पैसा रहेको छ ।


 


Author

थप समाचार
x