अर्थ / बाणिज्य

नबिल र बिनबीच ऊर्जा दक्षता र दिगो हाउजिङ प्रवर्द्धनका लागि सम्झौता

इकागज |
असोज १९, २०८० शुक्रबार १२:५२ बजे

काठमाडाैँ –नबिल बैँक र बिल्डिङ इनर्जी इफिसियन्सी (बिन)बीच ऊर्जा दक्षता र दिगो हाउजिङ प्रवर्द्धनका लागि सम्झौता भएको छ ।

बैँक र बिनले नेपालमा दिगो र जलवायु अनुकूल डिजाइनका लागि काम गर्ने सम्झौता गरेका हुन् ।  


सम्झौतामा बैँकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र बिनका तर्फबाट डेनियल नेयरले हस्ताक्षर गरेको उल्लेख गरिएकाे छ । 

यो साझेदारीले विशेषगरी परिवर्तित वित्तिय प्याकेजमा विकास, वित्तिय प्याकेजको मूल्यांकन गर्न प्रविधि क्षमता निर्माण गर्ने र दिगो ऊर्जा हाउजिङको प्रवर्द्धन गर्न प्राथमिकताका वित्तिय योजनामा पहुँच पुर्याउन सहजीकरण गर्नेलगायत गतिविधि सञ्चालन हुने बैँकले जनाएको छ ।

नबिल बैँकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले बैंक जलवायु परिवर्तनप्रति संवेदनशील रहेको र जलवायु परिवर्तन न्यूनीकरणमा नबिल बैँकले योगदान पुर्याउँदै आएको बताए ।

ऊर्जा दक्षता र दिगो हाउजिङले वातावरणलाई फाइदा पुर्याउनुका साथै समुदाय र आर्थिक चक्रमा पनि सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो । पौड्यालले २०४५ सम्म शून्य कार्बन उत्सर्जनमा पुग्न ठूलो लगानी आवश्यक पर्ने बताए । 


Author

थप समाचार
x