अर्थ / बाणिज्य

छातीको दायाँबायाँ राखेर ल्याएको १४ किलो सुन एयरपोर्टबाट बरामद

इकागज |
मंसिर २२, २०८० शुक्रबार ७:३० बजे

काठमाडौँ- त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले १४ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार राति ११:४० को फ्लाइ दुबईको एफजेड ५७३ को उडानबाट काठमाडौँ आएका चन्द्र घलेको साथबाट १४ किलो सुन बरामद गरेको हो ।

घलेले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएको भन्सार कार्यालयका प्रमुख डा. टोकराज पाण्डेले बताए । बिस्कुट आकारको ७ थान (१४ किलो) सुन कपडामा बेरेरे छातीको दायाँबायाँ राखेर ल्याएको उनले जानकारी दिए ।


उक्त सुन गोरखाका मीनबहादुर घलेको भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको उनले बताए । मीनबहादुरलाई पनि राति नै पक्राउ गरिएको छ ।


Author

थप समाचार
x