अर्थ / बाणिज्य

सुनको भाउ घट्याे, चाँदी स्थिर

इकागज |
फागुन १, २०८० मंगलबार ११:३३ बजे

फाइल तस्बिर

काठमाडौं -  नेपाली बजारमा मंगलबार सुनको भाउ घटेको छ। चाँदीको भाउ भने स्थिर रहेको छ।

आज सुनको भाउ प्रति तोला ३०० रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रति तोला १ लाख १७ हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रति तोला १ लाख १७ हजार १५० रूपैयाँमा कारोबार भइरहेको छ।


सोमबार छापावाल सुन प्रति तोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रति तोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो। सोमबार भने सुनको कारोबार स्थिर रहेको थियो ।​

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रति तोला १३ सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।


Author

थप समाचार
x