अर्थ / बाणिज्य

भारतमा बढे पनि नेपालमा इन्धनको मूल्य नबढ्ने

इकागज |
फागुन १७, २०८० बिहिवार २१:४ बजे

फाइल फोटो

काठमाडौं - भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले भने भाउ नबढाउने भएको छ।

प्रेस विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलमा प्रति लिटर ०.२१ र डिजेलमा ०.८५ रुपैयाँ बढेर आएको जनाएको छ। त्यस्तै एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २१.६६ रुपैयाँ बढेर आएको छ। योसँगै प्रति सिलिन्डर नोक्सानी ३२५.०९ रुपैयाँ पुगेको छ।



Author

थप समाचार
x