अर्थ / बाणिज्य

भिभो भी३० सार्वजनिक हुनु अघि नै देखियो इन्दिरा जोशीको हातमा

इकागज |
फागुन १८, २०८० शुक्रबार १७:५० बजे

काठमाडौँ - होटल सोल्टीमा बिहीबार फेब्रुअरी २९मा आयोजित औपचारिक प्रेस मिटमा नेपाल आइडल सिजन ५ की लोकप्रिय जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरूमा उत्साह थपिएको छ । यो नयाँ स्मार्टफोनको बारेमा विस्तृतमा सम्पूर्ण विवरणहरूको खुलासा भइसकेको छैन यद्यपि यसकाे प्रारम्भिक झलकबाटै प्रयोगकताहरुले भी३० स्मार्टफोनमा आकर्षक विशेषताहरु र डिजाइन हुने अनुमान गरिरहेका छन् ।

नयाँ स्मार्टफोनको झलक र कम्पनीको गाँय्गुइँबाट स्मार्टफोन फोटोग्राफीमा क्रान्ति ल्याउँदै क्यामेरा एडभान्समेन्टमा पनि विशेष गरी पोट्र्रेट क्षमतामा बलियो फोकस रहेको दर्शाउँछ । भी२९ को स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्टको सफलतापछि, भी३० माऔरा लाइट पोट्र्रेट विशेषता रहेको छ जसमा टाँढा दूरीमा रहेका वस्तुलाई पनि गुणस्तरीय पोट्र्रेटमा खिच्न मिल्ने डिस्टेन्स सेन्सेटिभ लाइटिङको विशेषता प्रदान गर्ने अपेक्षा गरिएको छ । यसको साथै, फोनमा आकर्षक ग्रुप फोटोहरू र परिदृश्यहरू खिच्नका लागि शक्तिशाली ५०एमपी अल्ट्रा–वाइड–एंगल क्यामेरा आउँने अपेक्षा गरिएको छ ।


इन्दिरा जोशीले प्रयोग गरेको देखिएकोे फोन भी३०क्लासिक“नोबल ब्ल्याक” रंगमा रहेको र यो फोन विभिन्न डिजाइन विकल्पहरूमा आउने संकेत गरेको छ । पर्फमेन्सको सन्दर्भमा,भी३० स्मार्टफोनमा ५००० एमएएच ब्याट्री र ८० वाट फ्ल्यास चार्ज आउनेछ र यो एक स्लिम फोन हुनुको साथै सहजप्रयोगकर्ता अनुभवको लागि स्न्याप ड्रेगन ७ जेन ३प्रोसेसर साथ आउनेछ । फोनले प्रिमियम लुक र स्मूद भिजुअलको लागि १२० हर्ट्ज रिफ्रेस रेटको साथमा थ्रीडी कर्भ स्क्रिन प्रदान गर्ने अपेक्षा गरिएको छ ।
 


Author

थप समाचार
x