अर्थ / बाणिज्य

सुन तोलाकै एक लाख ३९ हजार नाघ्यो

इकागज |
बैशाख ४, २०८१ मंगलबार ११:१२ बजे

काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको म"ल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक हजार ७ सयले बढेर १ लाख ३९ हजार २०० कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।


यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।


Author

थप समाचार
x