अर्थ / बाणिज्य

घट्यो सुनचाँदीको मूल्य

इकागज |
बैशाख ३१, २०८१ सोमबार ११:१६ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३०० रूपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३८ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । 


यसअघि आइतबार सुन तोलामा १ लाख ३८ हजार ४०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३७ हजार ७५० रुपैयाँ थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको तोलामा १० रूपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Author

थप समाचार
x