अर्थ / बाणिज्य

पेट्रोलियम पदार्थको मूल्य घट्यो, कति पुग्याे ?

इकागज |
जेठ २, २०८१ बुधबार २०:२८ बजे

सांकेतिक फोटो

काठमाडौँ -  पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबारबाट लागू हुनेगरी पेट्रोलमा प्रति लिटर सात रुपैयाँ र डिजेल र मट्टितेलमा पाँच रुपैयाँ मूल्य घटाएको हो ।

अब पेट्रोल लिटरको १७१ र  डिजेल र मट्टितेल १५४ रुपैयाँ भएको छ । वैशाख ३ गते बिहान १ बजेदेखि यो मूल्य लागू हुने पनि निगमले जनाएको छ ।


भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेकाले यहाँ पनि घटेको निगमले जनाएको छ । 

नेपाल आयल निगमले बिहीबारबाट लागू हुनेगरी पेट्रोलमा प्रति लिटर सात रुपैयाँ र डिजेल र मट्टितेलमा पाँच रुपैयाँ मूल्य घटाएको हो ।


Author

थप समाचार
x