अर्थ / बाणिज्य

सुनचाँदीको मूल्य घट्यो

इकागज |
जेठ ४, २०८१ शुक्रबार ११:१४ बजे

फाइल तस्बिर

काठमाडौँ - सुन तोलाको ७ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सुन तोलामा ७ सय रुपैयाँले घटेको हो । छापावाल सुन आज तोलाको १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन तोलाको १ लाख ४० हजार रुपैयाँ र तेजावी तोलाको १ लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । 


यता चादीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी आज तोलाको १ हजार ८०० मा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ८०५ मा कारोबार भएको थियो । 


Author

थप समाचार
x