अर्थ / बाणिज्य

सुनचाँदीको मूल्य बढ्यो

इकागज |
जेठ १५, २०८१ मंगलबार १२:५१ बजे

फाइल फोटो

काठमाडौं - स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेको छ । 

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


 छापावाल सुनको मूल्य तोलामा १ लाख ३७ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी  साेमबारकाे तुलनामा मंगलबार प्रतितोला ४० रुपैयाँ बढेर कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भएको छ ।


Author

थप समाचार
x