अर्थ / बाणिज्य

गृह मन्त्रालयलाई १ खर्ब ९९ अर्ब २४ करोड बजेट

इकागज |
जेठ १५, २०८१ मंगलबार १९:४९ बजे

काठमाडौँ- आर्थिक वर्ष २०८१/८२ मा गृह मन्त्रालयमा १ खर्ब ९९ अर्ब २४ करोड बजेट विनियोजन गरेको छ । 

अर्थमन्त्री वर्षमान पुनले सरकारले अमनचयन कायम गर्दै सुरक्षाको प्रत्याभूति गर्ने बताए । उनले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगलाई संस्थागत सुदृढीकरण गरी दक्ष एवं व्यावसायिक बनाइने बताए ।


उनले भने, ‘सुरक्षाकर्मीको सेवानिवृत्त हुने उमेरको अवलोकन गर्न अध्ययन गरिनेछ । अध्यागमन प्रणाली डिजिटलाइज गरी अत्याधुनिक बनाइने छ । अनलाइनमार्फत इभिसाका लागि आवेदन दिन सक्ने प्रणाली लागू गरिनेछ । कारागारलाई सुधार गृहका रूपमा विकास गरिनेछ ।’
 


Author

थप समाचार
x