अर्थ / बाणिज्य

उद्योग नवीकरणको माग राख्दै क्रसर व्यवसायीले गरे काठमाडौँमा प्रदर्शन

इकागज |
असार ३, २०८१ सोमबार १६:३६ बजे

काठमाडौँ- क्रसर उद्योग नवीकरणको माग राख्दै क्रसर व्यवसायीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

क्रसर बालुवा तथा खानी उद्योग नियमानुसार नवीकरण नगरिएको भन्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सोमबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।


उनीहरूले दूरीसम्बन्धी मापदण्ड २०७७ अव्यवहारिक भएकाले खारेज गर्नुपर्ने र २०७९ माघ ११ गते मन्त्रिपरिषद्को ढुङ्गा गिट्टीसम्बन्धी भएको निर्णय कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् । सरकारलाई असार १ गतेसम्म क्रसर उद्योग नवीकरणका लागि सरकारलाई अल्टिमेटम दिएको महासंघले मागको सुनुवाइ नभएकाले सडक आन्दोलन सुरु गरिएको महासंघका अध्यक्ष सीताराम न्यौपानेले जानकारी दिए ।

सरकारले आफूहरूलाई कानुनी अधिकारबाट वञ्चित गरेको उनले बताए ।

व्यवसायीहरूले सरकारले क्रसर उद्योगीहरूको माग तत्काल सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने जनाएका छन् । उद्योगले सरकारलाई तिर्नुपर्ने दस्तुर तिरेर नवीकरण गरेर सञ्चालन गर्न दिनुपर्ने उनीहरूको माग छ । 


Author

थप समाचार
x