अर्थ / बाणिज्य

सुन तोलामा २७ सयले घट्यो

इकागज |
असार ९, २०८१ आइतबार ११:७ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुन तोलामा २७ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलाको १ लाख ४२ हजारमा कारोबार भइरहेको छ । 

तेजावी सुन १ लाख ४१ हजार ३०० मा कारोबार भइरहेको छ ।


शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ४४ हजार ७ सय र तेजावी सुन प्रतितोला १ लाख ४४ हजारमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने घटेको छ ।  चाँदी आज तोलाको १ हजार ८ सय १५ मा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ८ सय ६५ मा कारोबार भएको थियो ।  


Author

थप समाचार
x