अर्थ / बाणिज्य

सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

इकागज |
असार १४, २०८१ शुक्रबार ११:२२ बजे

फाइल फोटो

काठमाडौं - आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा एक हजारले बढेर तोलाको १ लाख ४१ हजार ८ सयमा कारोबार भएको छ । 

यस अघि बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ८ सयमा कारोबार भएको थियो ।


त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार १ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा १० रूपैयाँले बढेर प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Author

थप समाचार
x