अर्थ / बाणिज्य

नेपाल नागरिक उड्डयन प्राधिकरणः

किन रोकियो ड्रोन अनलाइन दर्ता ?

इकागज |
असार १६, २०८१ आइतबार १४:२ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणको अनलाइनबाट हुने ड्रोन दर्ता र नवीकरण एक महिनादेखि रोकिएको छ । अनलाइनबाट दर्ता हुने र नवीकरण गर्ने सफ्टवेयरमा समस्या आएकाले एक महिनादेखि काम हुन नसकेको प्राधिकरणका सूचना अधिकारी तथा सह- प्रवक्ता ज्ञानेन्द्र भूलले जानकारी दिए ।

उनका अनुसार अनलाइनबाट काम भएको छैन । अफलाइनबाट हुने सबै काम भइरहेको छ ।


‘अनलाइनबाट हुने दर्ता र नवीकरण मात्र रोकिएको हो,’ उनले भने,’ अफिसियल्ली हुने काम भइरहेको छ ।‘ सिस्टममा समस्या आएकाले अनलाइनबाट हुने काम मात्र रोकिएको उनले बताए ।

आर्थिक वर्ष सकिएकाले प्राधिकरणले कार्यालयबाट काम गर्नुपर्ने काम गरिरहेको उनले उल्लेख गरे । बजेट अभाव र पुरानो कम्पनीसँग गरेको सम्झौता अवधि सकिएकाले नयाँ आर्थिक वर्षदेखि बजेट व्यवस्थापन गरेर काम सुचारु गरिने भूलले प्रस्ट पारे ।

‘अहिले पनि विभिन्न माध्यमद्वारा निर्माण गर्ने कार्य जारी छ,’ उनी भन्छन्,’ कम्पनीसँगको सम्झौता सकिएकाले नवीकरण गरेर मात्र गरिन्छ । अझै दुई-तीन महिना लाग्न सक्छ ।‘

र, यो पनि

नेपालमा कति ड्रोन दर्ता भए र उडान अनुमति लिन के गर्नुपर्छ ?

 

 


Author

थप समाचार
x