अर्थ / बाणिज्य

नेपाल सुनचाँदी व्यवसायी महासंघको अधयक्षमा रसाईली निर्वाचित

इकागज |
असार १६, २०८१ आइतबार १८:४१ बजे

काठमाडौँ- नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनबाट भारी मतान्तरका साथ केन्द्रीय अध्यक्षमा अर्जुन रसाईली विजयी भएका छन् ।

शनिबार सिल्भर वक काठमाडौँमा सम्पन्न भएको निर्वाचनमा अध्यक्षका उम्मेदवार अर्जुन रसाईलीले २५० मत प्राप्त गर्दै विजयी भएका हुन् ।


अर्का अध्यक्ष पदका उम्मेदवार विपेन्द्र रामुदामु विपिनले १८४ मत प्राप्त गरेका थिए । महासंघको वरिष्ठ उपाध्यक्षमा दियेश रत्न शाक्य विजयी भएका छन् । वरिष्ठ उपाध्यक्ष शाक्यले २८३ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी मोहनकाजी शाक्यले १४८ मत प्राप्त गरेका थिए । प्रथम उपाध्यक्षमा धर्म सुन्दर बज्राचार्यले २७४ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी केशबहादुर सुनारले १५९ मत प्राप्त गरेका छन् । द्वितीय उपाध्यक्षमा बुद्धिबहादुर वि.के दियालीले २६४ मत प्राप्त गर्दै विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी मान ब.विश्वकर्मा(एम.वि) ले १६६ मतमा चित्त बुझाउन पर्यो । तृतीय उपाध्यक्षमा रुपदल विश्वकर्मा (राजु धमला) ले २४३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी मनोजकुमार साहले १८७ मत प्राप्त गरेका छन् ।

त्यस्तै महासचिवमा किरणभाइ बज्राचार्यले २३३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी रविन शाक्यले १३६ मतमा चित्त बुझाउन पर्यो । कोषाध्यक्षमा सुदिप श्रेष्ठले २४३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी सुबिन बज्राचार्यले १८४ मत प्राप्त गरेका छन् ।

सचिव दुई जनामा टुलक प्रसाद विश्वकर्मा र निर्मल दियाली विजयी भएका छन् । विश्वकर्माले २३५ मत पाउँदा अर्का उम्मेदवार २६१ दियालीले मत पाएका थिए । उनीहरुका प्रतिद्वन्द्वी भीमबहादुर सुनारले १५६ मत प्राप्त गरे भने अर्का उम्मेदवार राजेन्द्र विश्वकर्माले १६७ मतमा चित्त बुझाउन पर्यो । त्यस्तै सहकोषाध्यक्षमा पद्म सुन्दर शाक्य २६३ मत सहित निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी किसन मास्केले १५७ मत प्राप्त गरेका छन् ।

असार १५ गते दिउँसो २ बजेदेखि दिउँसो ४ः३० बजे सम्म भएको निर्वाचनमा ४३५ जना प्रतिनिधिहरूले मतदान प्रक्रियामा भाग लिएका थिए । महाधिवेशनमा ४४६ जना प्रतिनिधिहरु रहेका थिए। २०५३ सालदेखि सुनचाँदी पेसामा संलग्न रसाईली २०६५ सालमा नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखाको अध्यक्ष भएका थिए ।

नवनिर्वाचित अध्यक्ष रसाईली २०६९ सालमा गठित नेपाल सुनचाँदी व्यवसायी महासंघको तदर्थ समितिको सदस्य समेत रहेका थिए । २०६९ सालदेखिको महासंघको सांगठनिक यात्रामा १२ वर्षमै केन्द्रीय अध्यक्ष हुने अवसर नवनिर्वाचित अध्यक्ष रसाईलीलाई मिलेको छ ।


Author

थप समाचार
x