अर्थ / बाणिज्य

सुनको मूल्य बढ्यो

इकागज |
असार १७, २०८१ सोमबार ११:२२ बजे

फाइल फोटो

काठमाडौं - आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । सोमबार सुनको मूल्य तोलामा २ सयले बढेर तोलाको १ लाख ४२ हजार २ सयमा कारोबार भएको छ । 

यस अघि आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजारमा कारोबार भएको थियो ।


त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४१ हजार ५ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी आज प्रतितोला १७९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Author

थप समाचार
x