अर्थ / बाणिज्य

सुनको मूल्य बढ्‌यो, तोलाको कति पुग्यो ?

इकागज |
असार १९, २०८१ बुधबार ११:३६ बजे

काठमाडौँ- आज नेपाली बजारमा सुन चाँदीको मूल्यमा वृद्धि भएको छ । बुधबार सुनको मुल्य तोलामा ४ सयले बढेर तोलाको १ लाख ४२ हजार ४ सयमा कारोबार भएको छ । 

यस अघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३ सयमा कारोबार भएको थियो ।


त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ४२ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला २० रुपैयाँले बढेर १८२५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Author

थप समाचार
x