कतिमा हुँदैछ आज विदेशी मुद्रा कारोबार ?
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।
अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ ।
त्यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा रहेको छ ।
पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १७० रुपैयाँ १० पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ८८ रूपैयाँ ९६ पैसा रहेको छ भने बिक्रीदर ८९ रूपैयाँ ३६ पैसा रहेको छ ।
त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ २४ पैसा र बिक्रीदर ८ रूपैयाँ २७ पैसा रहेको छ ।
चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३४ पैसा र बिक्रीदर १८ रूपैयाँ ४२ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७४ पैसा रहेको छ ।
त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४७ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ४३५ रूपैयाँ १ पैसा रहेको छ भने बिक्रीदर ४३६ रूपैयाँ ९६ पैसा रहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया