अर्थ / बाणिज्य

आज कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

इकागज |
असार २४, २०८१ सोमबार ७:८ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ । 

जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ ।


अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ पैसा रहेको छ । 

त्यस्तै युरो एकको खरिददर १४४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४५ रुपैयाँ १० पैसा रहेको छ । 

पाउण्ड स्टर्लिङ एकको खरिददर १७० रुपैयाँ ७३ पैसा र बिक्रीदर १७१ रुपैयाँ ५० पैसा रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ ९६ पैसा रहेको छ भने बिक्रीदर ९० रूपैयाँ ३७ पैसा रहेको छ ।

त्यस्तै जापानी येन १० को खरिददर ८ रूपैयाँ २९ पैसा र बिक्रीदर ८ रूपैयाँ ३३ पैसा रहेको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ३४ पैसा र बिक्रीदर १८ रूपैयाँ ४२ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा रहेको छ ।

त्यसैगरी युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४५ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ४३५ रूपैयाँ ३६ पैसा रहेको छ भने बिक्रीदर ४३७ रूपैयाँ ३२ पैसा रहेको छ ।


Author

थप समाचार
x