अर्थ / बाणिज्य

पर्सामा एक करोड ८९ लाखको सामान बरामद

इकागज |
असार २४, २०८१ सोमबार १५:१४ बजे

वीरगञ्ज - पर्सा प्रहरीले बिनाबिलको एक करोड ८९ लाख पर्ने हार्डवेयरका सामान बरामद गरेको छ । प्रहरीले दुई ट्रकसहित सो सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२५ स्थित एकीकृत जाँचचौकी नजिकै सडकमा रोकिराखेको ना६ख ४०५८ र ना३ख १८७ नं को दुई ट्रकबाट सो समान बरामद गरेको हो । 


 प्रहरी नायब उपरीक्षक दीपक भारतीका अनुसार बरामद गरिएको सो  समान राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाइएको छ ।


Author

थप समाचार
x