Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

अर्थ / बाणिज्य

आजदेखि बढ्‌यो पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँ

इकागज |
साउन १, २०८१ मंगलबार ६:२६ बजे

काठमाडौँ- आजदेखि नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमको सोमबार बसेको सञ्‍चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।

गएराति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढेको हो । मूल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १७१ रुपैयाँ भएको छ भने डिजेल तथा मट्टीतेल प्रतिलिटर १६० भएको छ ।


निगमले भारतबाट आएको नयाँ मूल्य सूची बढेर आएकाले मूल्य बढाउनु परेको जानकारी दिएको छ ।


Author

थप समाचार
x