अर्थ / बाणिज्य

काठमाडौँ महानगरले उठायो १० अर्बभन्दा बढी राजस्व

इकागज |
साउन २, २०८१ बुधबार १२:११ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- आर्थिक वर्ष २०८०/०८१ मा काठमाडौँ महानगरले साढे १० अर्बभन्दा बढी राजस्व संकलन गरेको छ । महानगर राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले १० अर्ब ६४ करोड ६७ लाख ९१ हजार १७० रुपैयाँ राजस्व संकलन गरेको इकागजलाई जानकारी दिए ।

उनका अनुसार गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा ३९ करोड ११ लाख ९४ हजार ७३५ रुपैयाँ बढी राजस्व संकलन भएको हो । सोही वर्षको तुलनात्मक प्रतिशत १०३.८१ प्रतिशतले वृद्धि भएको हो ।


महानगरपालिकाले भने २०८०/०८१ मा १० अर्ब ८० करोड ७८ लाख २० हजार रुपैयाँ उठाउने लक्ष्य राखेको थियो । लक्ष्य प्राप्त रकम ९८.५१ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षभन्दा ३९ करोड ११ लाख बढी राजस्व रकम संकलन भएको काफ्लेको दाबी छ । महानगरले आर्थिक वर्ष २०७९/०८० मा १० अर्ब २५ करोड ५५ लाख ९६ हजार ४३५ रुपैयाँ संकलन गरेको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा घर बहाल कर दुई अर्ब ९१ करोड ८८ लाख ५१ हजार ५५६ रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्षको तुलनामा ३५ करोड ६७ लाख २९ हजार ६१६ रुपैयाँ संकलन गरेको हो । १३.९२ प्रतिशत रहेको छ । गत आर्थिक वर्ष २०७९/०८० मा दुई अर्ब ५६ करोड २१ लाख २१ हजार ९३९ रुपैयाँ घर बहाल कर संकलन भएको थियो ।

एक अर्ब ९ करोड ६६ लाख ८१ हजार २३७ रुपैयाँ सम्पत्ति कर संकलन गरेको छ । गत वर्षको तुलनामा १ करोड ६४ लाख ९ हजार ५ रुपैयाँले वृद्धि भएको हो । आर्थिक वर्ष २०७९/०८० मा एक अर्ब ८ करोड २ लाख ७२ हजार २३२ रुपैयाँ संकलन गरेको थियो ।

६१ करोड ७३ लाख ६ हजार १२४ रुपैयाँ व्यवसाय कर संकलन गरेको राजस्व विभागका प्रमुख काफ्लेले जानकारी दिए । उनका अनुसार गत वर्षको तुलनामा ४ करोड ३७ लाख ३० हजार ८ सय रुपैयाँले वृद्धि भएको हो । गत आर्थिक वर्ष २०७९/०८० मा ५७ करोड ३५ लाख ७५ हजार ३२३ रुपैयाँ व्यवसाय कर संकलन गरेको थियो ।

 


Author

थप समाचार
x