शिक्षा

विद्यालयलाई काठमाडौँ महानगरले भन्याे :​ अबदेखि अनुशासन इन्चार्ज नराख्नू

इकागज |
पुस ६, २०८० शुक्रबार १७:५६ बजे

​काठमाडौँ-  काठमाडौँ​ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित अनुशासन इन्चार्ज (डीआई) नराख्न उर्दी जारी गरेको छ ।

शुक्रबार महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन् ।


डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको विषयमा गुनासो प्राप्त भएकाले उक्त निर्णय लिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

 


Author

थप समाचार
x