अर्थ / बाणिज्य

यातायात मजदूरलाई कोभिड खोप उपलब्ध गराउन माग

इकागज |
असार १०, २०७८ बिहीबार १९:१५ बजे

काठमाडौँ  : नेपाल यातायात व्यवसायी महासंघले आफ्ना मजदूरलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ । महासंघ र मजदूर ट्रेड युनियनका प्रतिनिधिले  काठमाडौँका प्रमुख जिल्ला अधिकारी तथा यातायात व्यवस्था विभागका महानिर्देशकलाई भेटेर खोपको व्यवस्था गरी स्वास्थ्य मापदण्ड पालना गर्दै सवारी चलाउन दिनुपर्ने बताएका हुन् ।  
 
यातायात क्षेत्र बन्द हुँदा यस क्षेत्रले ठूलो घाटा बेहोर्नु परेको तथा मजदूरहरु भोकभोकै बस्नुपर्ने बाध्यता आइलागेकाले आफूहरुको माग सम्बोधन गर्न ध्यानाकर्षण गराएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । प्रशासनले यस विषयमा सकारात्मक भएको र केही दिनको कोभिड संक्रमणको अवस्था हेरेर निर्णय गर्ने बताएको उनको भनाइ छ ।  

सार्वजनिक सवारी साधन तत्काल सञ्चालन गर्न नसकिने भए यातायात मजदूरलाई राहत प्याकेज मजदुरहरुको माग छ ।  प्रशासनले यातायात मजदूरलाई आगामी दिनमा कोभिड–१९ विरुद्धको खोपमा प्राथमिकता दिन स्वास्थ्य मन्त्रालयमा सिफारिस गर्ने प्रतिवद्धता जनाएको महासचिव सिटौलाले बताए । 



Author

थप समाचार
x