अर्थ / बाणिज्य

क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने

इकागज |
असोज १९, २०८१ शनिबार १६:४० बजे

फाइल फाेटाे

काठमाडौँ - ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलनमा नेपाल एयरलाइन्सका  क्याबिन क्रु (विमान परिचारक/परिचारिका) आन्दोलन फिर्ता लिन सहमत भएका छन् ।

शनिबार संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेको उपस्थितिमा भएको दुई चरणको छलफलपछि क्याबिन क्रु जारी आन्दोलन फिर्ता लिन सहमत भएका हुन । 


४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु (विमान परिचारक/परिचारिका) हड्तालमा उत्रिएपपछि  मन्त्री पाण्डेले  आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरूलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए । 

छलफलपछि नेपाल एयरलाइन्स ४५ वर्षको उमेर हद हेरफेर गर्न सकारात्मक भएको छ ।  त्यसकालागि विनियमावली परिवर्तन विषय प्रक्रियामा लाने सहमति भएको छ भने सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र दुई पटक भएको अन्तरिम आदेशको विषयमा  महान्यायाधिवक्तासँग छलफल गर्न दुई पक्ष सहमत भएका छन् ।

आन्दोलन फर्तासंगै विमान परिचालिका एवम् परिचालकहरूले आजैबाट काममा फर्किएका छन् ।  निगममा कार्यरत परिचारिका/परिचारकहरूको संस्था नेफाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकाशमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी ०८० पुसमा सर्वाेच्च अदालतमा रिट निवेदन दिएका थिए । उक्त मुद्दाको किनारा लागेको छैन । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा उत्रिएका थिए ।


Author

थप समाचार
x