अर्थ / बाणिज्य

नेप्से सामान्य अंकले घट्यो, बजार पुँजीकरण ४१ खर्ब ५३ अर्ब

इकागज |
साउन ५, २०७८ मंगलबार १५:५२ बजे

काठमाडौँ : लगातार बढिरहेको सेयर बजार मापक नेप्से परिसूचक साताको तेस्रो दिन भने सामान्य अंकले घटेको छ । ० दशमलव ३ प्रतिशतले घटेर नेप्से २९८५.५७ बिन्दुमा पुगेको हो ।

दुई कम्पनीको सेयर मूल्यमा १० प्रतिशतभन्दा बढी दरले वृद्धि भएको छ । लक्ष्मी उन्‍नति कोष र लक्ष्मी इक्विटी फन्डको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । आठ समूहका परिसूचक कमजोर बन्दा नेप्से परिसूचक खस्किएको हो ।

८४ हजार चार सय ६८ पटकको कारोबारमा तीन करोड १६ लाख कित्ता सेयर किनबेच भएको छ । सात अर्ब ८९ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ ।



Author

थप समाचार
x