अर्थ / बाणिज्य

फेसबुकले गर्‍यो नाम परिवर्तन

इकागज |
कात्तिक १२, २०७८ शुक्रबार ६:४० बजे

काठमाडौँ- चर्चित सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । फेसबुक सिइओ मार्क जुकबर्गले एक कार्यक्रम गरेर फेसबुकको नाम परिवर्तन गरेका हुन् । परिवर्तित नाम मेटा रहेको छ । फेसबुक अब मेटा नाम अन्तर्गत रहनेछ । फेसबुकले नाम परिवर्तन गर्ने उद्देश्यले गरेको कनेक्ट इभेन्टमा फेसबुक नाम कम्पनीले गर्ने गरेका सबै कामको प्रतिनिधित्व गर्ननसकेको र यसले गर्दा परिवर्तन गर्नु परेको उल्लेख गरे । कम्पनीको नाम एउटा प्रडक्टमा मात्र सिमित भएको बताए । त्यही भएर नाम परिवर्तन गर्नुपरेको जुकरबर्गको भनाइ थियो । 

पहिले कम्पनीको नाम फेसबुक थियो भने अब मेटा हुने जुकरबर्गले बताए । डिसेम्बर १ देखि सेयर बजारमा कम्पनीको नाम पनि फेसबुकको एफ बि बाट परिवर्तन भएर एम भि आर एस हुनेछ । 


एप हरुको नाम भने उही

कम्पनी नाम परिवर्तन भए पनि फेसबुक, इन्स्टाग्रामलगायतका नाम भने यथावत नै रहने जुकरबर्गले बताएका छन् । उनका अनुसार फेसबुकले सामाजिक सञ्जालका अतिरिक्त अरु क्षेत्रमा पनि काम गर्ने महत्त्वाकांक्षका बीच यो नाम परिवर्तन गरेको र अहिले फेसबुक मेटाभर्समा आकर्षित भएको हुँदा नाम परिवर्तन गरेको हो । अब फेसबुकको प्राथमिकतामा मेटाभर्स रहेको जुकरबर्गको भनाई थियो । 


Author

थप समाचार
x