अर्थ / बाणिज्य

कोभिड प्रभावित व्यवसायीलाई निर्ब्याजी ऋण लिन आवेदन भर्ने म्याद थपियो

इकागज |
फागुन २७, २०७७ बिहीबार १२:४५ बजे

काठमाडौं :  कोभिड-१९ बाट प्रभावित पर्यटन, यातायात, कृषि, सेवा क्षेत्रका उद्यमी तथा व्यवसायीलाई उकास्‍न गण्डकी प्रदेश सरकारले निर्ब्याजी ऋण लिन पाउने म्याद थपेको छ ।

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा कोभिड-१९ बाट प्रभावित पर्यटन, यातायात, कृषि, सेवा क्षेत्रका उद्यमी व्यवसायीहरुलाई जीवन्त राख्न व्यवसाय जीवन रक्षा कोषको व्यवस्था गरेको थियो ।

निर्ब्याजी कर्जा उपलब्ध गराउन माघ ६ मा वार्षिक ५० लाख वा यो भन्दा कम कारोबार भएका हुने क्षेत्रका उद्यमी व्यवसायीले माघ २१ देखि फागुन २० गतेसम्म म्याद दिएको थियो । तर व्यवसायीबाट थप समयको माग भएकोले चैत्र ६ गतेसम्म निवेदन दिने अवधि कायम गरिएको उल्लेख छ ।


र, यो पनि
- कोरोना प्रभावितलाई गण्डकी सरकारको निर्ब्याजी ऋण : कुन व्यवसायीलाई कति ?


Author

थप समाचार
x