फुटबल

फुटबल विवाद : खेलाडी मात्र किन सधैँ मारमा ?

इकागज |
साउन ३०, २०७९ सोमबार १२:२९ बजे

काठमाडौँ- मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते १० खेलाडीले बन्द प्रशिक्षण छाडे । 

परिणाम स्वरुप बन्द प्रशिक्षण छाडेका रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तिमगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, तेज तामाङ र अन्जन विष्ट सहित उनीहरूलाई साथ दिएका तत्कालिन कप्तान तथा गोलरक्षक किरण चेम्जोङले एएफसी एसियन कप छनोट गुमाउन पुगे । 


अखिल नेपाल फुटबल संघ (एन्फा) को नेतृत्वका लागि निर्वाचन नजिकिदै गर्दै अहिले एन्फा नेतृत्वमा रहेका पंकज विक्रम नेम्वाङसहितको टिमले तत्कालीन अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलाडीको अधिकारका लागि केही गर्न नसकेको गुनासो गर्दै मात्र गरेनन् चुनावी एजेन्डामा खेलाडीको हक अधिकारका कुरालाई प्राथमिकताका साथ अघि सारे । 

त्यसै पनि एन्फा अध्यक्ष नेम्वाङ र मुख्य प्रशिक्षक अलमुताइरीबीच पटक-पटक विवाद भएको घटना सार्वजनिक भएका थिए । अलमुताइरीलाई नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त गर्दा सम्झौतामा कतार फुटबल संघ, एन्फा र अलमुताइरीको संलग्नता रहेको छ । जसका कारण अहिले नेम्वाङ एन्फा अध्यक्ष पदमा भएपनि उनी अलमुताइरीलाई बर्खास्त गर्न असमर्थ छन् ।

परिणामस्वरुप एन्फाले असोज ११ गते दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुने मैत्रीपूर्ण फुटबल खेलका लागि प्रदिप हुमागाईँलाई कार्यवाहक मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

तर बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि यसअघि नै मुख्य प्रशिक्षक अलमुताइरीले २६ खेलाडीलाई प्रशिक्षणमा बोलाउन एन्फालाई पत्राचार गरेका थिए । ​

अलमुताइरीले प्रशिक्षणका लागि एरिक विष्ट, विकास खवास, विकास तामाङ, विशाल सुनार, दीप कार्की, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, मनीष डाँगी, नवयुग श्रेष्ठ, नीरकुमार राई, पुजन उपरकोटी, राजन गुरुङ, रोशन राना मगर, सेसेहाङ आङदेम्बे, शिव गुरुङ, सुमन अर्याल, सुनिल बल, टेकेन्द्र सिंह थापा, सुरज ज्यू ठकुरी, आकाश बुढा मगर, अन्जन विष्ट, तेज तामाङ, दीनेश हेम्जन, जगजित श्रेष्ठ, मनीष मगर र प्रशान्त अवस्थीलाई बोलाउन एन्फालाई पत्राचार गरेका थिए । जसलाई एन्फाले खारेज गर्‍यो । 

तर एन्फाले कार्यवाहक प्रशिक्षक नियुक्त गरेका हुमागाईँले ४० जना खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन् । हुमागाईँले किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रजिन धिमाल, निशान खड्का, अमित तामाङ, सन्जोग राई, पुजन उपरकोटी, राजन गुरुङ, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदाम्बे, सुदिप गुरुङ, विशाल राई, मनिस डाँगी, सुरज ज्यु ठकुरी, सुवास गुरुङ, आभास लामीछाने, सुनिल बल, आयुष घलान्, सुजल श्रेष्ठ, अञ्जन विष्ट, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आषिश चौधरी, रितिक खड्का, जर्ज प्रिन्स कार्की, आषिश चापागाईँ, अविशेष रिजाल र भरत खवासलाई डाकेका छन् ।

अलमुताइरीले २६ जनालाई बोलाउँदा हुमागाईँले संख्या बढाउँदै ४० जनालाई प्रशिक्षणका लागि बोलाउनुमा आपत्ति नहोला तर ती ४० जनामध्ये अलमुताइरीले समावेश गरेकामध्ये १० जना परेका छैनन् ।

विशाल सुनार, नीरकुमार राई, रोशन राना मगर, शिव गुरुङ, टेकेन्द्र सिंह थापा, आकाश बुढा मगर, दीनेश हेम्जन, जगजित श्रेष्ठ, मनीष मगर र प्रशान्त अवस्थीलाई हुमागाईँले टिममा समावेश गरेका छैनन् । 

एक हिसाबले हेर्ने हो भने खेलाडी छनोटमा प्रशिक्षकको मुख्य हात हुन्छ तर एउटा प्रशिक्षकले बोलाएको खेलाडीको सूची सार्वजनिक हुँदा अर्को प्रशिक्षकले टिममा सो खेलाडीलाई नबोलाउनुले पक्कै पनि खेलाडीलाई मानसिक रुपमा असर पुर्‍याउछ । 

यसअघि बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडी मारमा परेको भन्ने एन्फाले आफैले नाम सार्वजनिक गर्दा पनि खेलाडीलाई टिममा नपर्दा उनीहरूमाथि अन्याय भएको कसरी बुझ्न सकेन ? 
 


Author

थप समाचार
x