फुटबल

विश्वकप फुटबल

इक्वेडरको सुखद सुरुवात, आयोजक कतारमाथि  २–० को जित

इकागज |
मंसिर ५, २०७९ ५:४२ बजे

काठमाडौँ - विश्वकप फुटबलमा इक्वेडरले सुखद सुरुवात गरेको छ ।  आइतबार भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई  २–० गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको हो । अल बायत रंगशालामा इक्वेडरलाई जित दिलाउन एनर भ्यालेन्सियाले दुई गोल गरे । 

भ्यालेन्सियाले खेलको १६ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै टिमलाई अग्रता सुरुवाती  दिलाएका थिए ।  खेलको ३१ औं मिनेटमा भ्यालेन्सियाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए । 


यो जितसँगै समूह ए को इक्वेडरले एक खेलबाट ३ अंक जोडेको छ । आयोजक कतारले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।


Author

थप समाचार
ad
x