फुटबल

फिफा विश्वकपः इंग्ल्यान्ड क्वार्टरफाइनलमा

इकागज |
मंसिर १९, २०७९ सोमबार २:४० बजे

काठमाडौँ- इंग्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । नकआउट चरण अन्तर्गत सेनेगललाई पराजित गर्दै इग्ल्यान्ड अन्तिम ८ मा प्रवेश गरेको हो ।

इंग्ल्यान्डले सेनेगललाई ३-० ले पराजित गर्‍यो । इंग्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसनले ३८ औँ, ह्यारी केनले पहिलो हाफको इन्जुरी समय तथा बुकायो साकाले ५७ औँ मिनेटमा एक-एक गोल गरे ।



Author

थप समाचार
x