फुटबल

फिफा विश्वकपः क्वार्टरफाइनलमा ब्राजिल र क्रोएसिया भिड्ने

इकागज |
मंसिर २०, २०७९ मंगलबार २:४० बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा ब्राजिल र क्रोएसिया भिड्ने भएका छन् । प्रि-क्वार्टरफाइनलमा ब्राजिलले दक्षिण कोरियामाथि जित हात पारेपछि दुई टोलीबीचको भिड्न्त पक्का भएको हो ।

ब्राजिलले अन्तिम ८ मा स्थान बनाउन दक्षिण कोरियालाई ४-१ ले पराजित गरेको हो । दक्षिण कोरियालाई जित दिलाउन भिनी जुनियर, नेयमार, रिचार्लीसन र लुकास पागुएटाले १-१ गोल गरे । दक्षिण कोरियाका लागि पाक सेउङ-होले एक गोल फर्काए ।


भिनीले ७ औँ मिनेटमा ब्राजिललाई अग्रता दिलाए भने नेयमारले १३ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए । रिचार्लीसनले २९ औँ मिनेट तथा लुकासले ३६ औँ मिनेटमा ब्राजिलका लागि गोल गरे । दक्षिण कोरियाका पाकले ७६ औँ मिनेटमा एक गोल फर्काए ।

यसअघि भएको खेलमा क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम ८ मा प्रवेश गरेको थियो ।

दक्षिण कोरियाको पराजयसँगै विश्वकपमा एसियाली मुलुकको यात्रा टुंगिएको छ । जापान, दक्षिण कोरियासँगै अस्ट्रेलियाले पनि अन्तिम १६ बाटै बाहिरियो ।


Author

थप समाचार
x