फुटबल

कतार विश्वकपमा इतिहासकै सर्वाधिक गोल

इकागज |
पुस ४, २०७९ सोमबार ११:१९ बजे

काठमाडौँ- कतारमा सम्पन्न फिफा विश्वकप फुटबलमा अहिलेसम्मकै सर्वाधिक गोल भएको छ । अर्जेन्टिना र फ्रान्सबीच सम्पन्न फाइनल खेलमा ६ गोल भएपछि कतार विश्वकपमा अहिलेसम्मकै सर्वाधिक गोल भएको हो ।

कतार विश्वकपमा सर्वाधिक १ सय ७२ गोल भयो । यसअघि सन् १९९८ तथा सन् २०१४ मा भएको विश्वकपमा समान १ सय ७१ गोल भएको थियो ।


कतारमा भएको विश्वकपको फाइनलमा ६ गोलसँगै स्पेनले कोस्टा रिकालाई ७-० तथा इंग्ल्यान्डले इरानलाई ६-२ पराजित गरेको खेलमा पनि धेरै गोल भएको थियो ।

तर सन् २०२६ मा हुने विश्वकपमा ४८ टिमको सहभागिता रहने हुनाले कतार विश्वकप भन्दा बढी गोल हुने लगभग निश्चित छ । सन् २०२६ मा कम्तीमा ८० खेल हुने छ ।


Author

थप समाचार
x