फुटबल

अल नासरका प्रशिक्षक भन्छन्, ‘रोनाल्डो युरोप फर्किन्छन्’

इकागज |
माघ १६, २०७९ सोमवार १३:४६ बजे

काठमाडौँ- साउदी अरेबियन फुटबल क्लब अल नासरका मुख्य प्रशिक्षक रुडी गार्सियाले पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डो युरोप फर्किने बताएका छन् । गार्सियाका अनुसार अल नासरसँगको सम्झौता अन्त्य भएसँगै रोनाल्डो फुटबल खेल्न युरोप फर्किने छन्स्का ।

कीर्तिमानी मूल्यमा रोनाल्डोले साउदी प्रो लिग क्लब अल नासरसँग दुई वर्षका लागि सम्झौता गर्दै साउदी आएका हुन् । तर सम्झौता अन्त्य हुँदासम्म रोनाल्डोको उमेर ४० वर्ष हुनेछ ।


रोनाल्डोले गत नोभेम्बरमा इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड छाडेका थिए । गार्सियालाई उदृत गर्दै इस्पोर्टसले उल्लेख गरे अनुसार अल नासरसँगको सम्झौता पछि पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डो युरोप फर्किनेछन् ।

 


Author

थप समाचार
x