फुटबल

बार्सिलोनाले जित्दा रियल मड्रिड पराजित

इकागज |
माघ २३, २०७९ सोमबार ९:१६ बजे

काठमाडौँ- स्पेनिस ला लिगाअन्तर्गत शीर्ष स्थानको बार्सिलोनाले जित हात पार्दा दोस्रो स्थानको रियल मड्रिड भने पराजित भएको छ । बार्सिलोनाले सेभिल्लालाई ३-० ले पराजित गर्‍यो ।

बार्सिलोनाको जितमा जोर्डी अल्बा, गाभी र राफिन्हाले एक-एक गोल गरे । जितसँगै बार्सिलोनाले २० खेलबाट ५३ अंक जोड्दै रियल मड्रिडसँगको दुरी ८ अंकमा पुर्‍याएको छ । सेभिल्ला भने २१ अंकसहित १६ औँ स्थानमा झरेको छ ।


यता रियल मड्रिड भने मालोर्कासँग १-० को पराजय भोग्यो । रियल मड्रिडका डिफेन्डर नाचोले १३ औँ मिनेटमा गरेको आत्मघाती गोलकै मदतमा मालोर्काले जित हात पार्‍यो ।

पराजयपछि रियल मड्रिडले २० खेलबाट ४५ अंक जोडेको छ । १० औँ स्थानको मालोर्काको २८ अंक छ ।


Author

थप समाचार
x