फुटबल

साफ च्याम्पियनसीपको फाइनलमा नेपालले भोलि बंगलादेशविरुद्ध खेल्ने

इकागज |
माघ २५, २०७९ बुधवार १५:३१ बजे

काठमाडौँ- बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसीपको फाइनल बिहीबार हुँदैछ । ढाकास्थित बीएसएसएस मोस्तफा कमल स्टेडियममा हुने फाइनलमा नेपाल र आयोजक बंगलादेश भिड्नेछन् । फाइनल नेपाली समय अनुसार साँझ ५:४५ बजेबाट सुरु हुनेछ ।

सहभागी ४ टिमबीच राउन्ड रोबिनको आधारमा शीर्ष २ टिमहरू नेपाल र बंगलादेश फाइनलमा प्रवेश गरेका हुन् ।


फाइनल पुग्नअघि नेपालले पहिलो खेलमा बंगलादेशसँग ३-१ को हार बेहोर्दा दोस्रो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो । त्यसैगरी, तेस्रो खेलमा भारतलाई ३-१ ले पराजित गर्दै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

यता पहिलो खेलमा नेपाललाई पराजित गरेको बंगलादेशले भने दोस्रो खेलमा भारतसँग गोलरहित बराबरी खेलेको थियो । तेस्रो खेलमा बंगलादेशले भुटानलाई ५-० ले पाखा लगाएको थियो ।


Author

थप समाचार
x