फुटबल

राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा इटालीका भेन रेन्जो अल्बर्टो एनेस नियुक्त

इकागज |
फागुन १७, २०७९ बुधबार १७:१८ बजे

काठमाडौँ- अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा इटालियन नागरिक भेन रेन्जो अल्बर्टो एनेसलाई नियुक्त गर्ने निर्णय गरेको छ ।​

विवादका बीच बुधबार ललितपुरमा बसेको एन्फा कार्यसमितिको बैठकले ३ जना सहायक महासचिव नियुक्त गर्ने पनि निर्णय गरेको छ । बैठकले बसन्त अर्याल, दामोदर भट्टराई र अरुणमान जोशीलाई सहायक महासचिव नियुक्त गरिएको हो ।


बैठकले सिइओ नियुक्तिका लागि सूचना प्रकाशन गर्ने र सह कोषाध्यक्षमा पूर्णमान चित्रकारलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले चैत्र ६ देखि १७ गतेसम्म हुने नेपाल भुटान लाओस सम्मिलित अन्तर्राष्ट्रिय प्रतियोगितालाई प्रधानमन्त्री थ्रिनेसन कप नामकरण गर्ने र प्रतियोगिताका लागि टिकट दर साधारण प्यापिट तर्फ रु ५०० र भि आई पि तर्फ रु १००० तोक्ने निर्णय गरेको छ ।

त्यस्तै पेरिस ओलम्पिक २०२४ महिला छनोट एसिया क्वालिफायर राउण्ड १ को समूह सि को खेल चैत्र २० देखि २८ गतेसम्म नेपाल, भियतनाम, अफगानिस्तानको सहभागितामा दशरण रंगशाला आयोजना गर्ने निर्णय भएको छ भने जिल्ला लिग आगामी वैशाख महिनाबाट सन्चालन गर्ने निर्णय गरेको छ । 


Author

थप समाचार
x