फुटबल

एसियन कप छनोट : दोस्रो चरणमा स्थान बनाएको नेपाली टिम स्वदेश फिर्ता

इकागज |
फागुन ३०, २०७९ मंगलबार ९:४३ बजे

काठमाडौँ- एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा स्थान बनाएको नेपाली यू-२० महिला फुटबल टिम मंगलबार स्वेदश फिर्ता भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला समिति संयोजक सरिला श्रेष्ठ मलेकु तथा प्रवक्ता सुरेश शाह लगायतले नेपाली टिमको त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा टिमको स्वागत गरे ।


प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल दोस्रो चरणमा पुगेको थियो । छनोटअन्तर्गत समूह 'बी' मा रहेको नेपालले आयोजक प्यालेस्टाइन तथा नर्दन मारियाना आइल्याण्डलाई समान ६-० गोलअन्तरले पराजित गरेको थियो ।

जुन ३ देखि ११ सम्म हुने दोस्रो चरणको छनोटबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू-२० महिला एसियन कपमा स्थान बनाउनेछन् ।

उज्वेकिस्तानले २०२४ को मार्च ३ देखि १६ सम्म यू-२० महिला एसियन कप आयोजना गर्ने तालिका रहेको छ । यू-२० महिला एसियन कपमा १६ टिमको सहभागिता रहने छ ।


Author

थप समाचार
x