फुटबल

इन्जुरी समयमा गोल गर्दै न्यूकासल विजयी

इकागज |
चैत ४, २०७९ शनिवार ९:१३ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत न्यूकासल युनाइटेड विजयी भएको छ । शुक्रबार राति भएको खेलमा न्यूकासलले नटिङ्घम फरेस्टलाई २-१ गोलअन्तरले पराजित गरेको हो ।

न्यूकासलको जितमा दुबै गोल अलेक्जेन्डर इजाकले गरे । फरेस्टका लागि इमानुएल डेनिसले एक गोल गरे । डेनिसले २६ औँ मिनेटमा गोल गर्दै फरेस्टलाई अग्रता दिलाएका थिए । तर इजाकले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।


त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा पेनाल्टीमार्फत इजाकले दोस्रो गोल गरेपछि न्यूकासलले जित हात पार्‍यो ।

यससँगै पाँचौ स्थानमा रहेको न्यूकासलले २६ खेलबाट ४७ अंक जोडेको छ । चौथो स्थानको टोटेनहमको २७ खेलबाट ४८ अंक छ । यता फरेस्ट भने २६ अंकसहित १४ औँ स्थानमा यथावत छ ।


Author

थप समाचार
x