फुटबल

हालान्डले ह्याट्रिक गर्दा सिटी एफए कपको सेमिफाइनलमा

इकागज |
चैत ५, २०७९ आइतवार ८:४३ बजे

काठमाडौँ- अर्लिङ हालान्डको ह्याट्रिकको मदतमा म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार राति भएको क्वार्टरफाइनलमा च्याम्पियनसीप क्लब बर्निललाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै सिटी अन्तिम चारमा प्रवेश गरेको हो ।

सिटीको जितमा हालान्डले ३२ औँ, ३५ औँ तथा ५९ औँ मिनेटमा ह्याट्रिक पूरा गरे । जुलियन अल्भारेजले ६२ औँ तथा ७३ औँ मिनेटमा दुई गोल गर्दा कोल पाल्मरले ६८ औँ मिनेटमा एक गोल गरे ।


यससँगै नर्वेजियन खेलाडी हालान्डले यस सिजनमा ४२ गोल पूरा गरिसकेका छन् । इंग्लिस क्लबका लागि एकै सिजनमा सर्वाधिक गोल गर्ने खेलाडी बन्न हालान्डलाई अब केवल दुई गोल आवश्यक छ । उनले जारी सिजनमा ६ वटा ह्याट्रिक पूरा गरिसकेका छन् ।


Author

थप समाचार
x