फुटबल

चेल्सी र टोटेनहमले बराबरी खेले

इकागज |
चैत ५, २०७९ आइतबार ९:१४ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र टोटेनहमले आ-आफ्नो खेलमा बराबरीको नतिजा निकालेका छन् । शनिबार राति भएको खेलमा चेल्सीले एभर्टनसँग २-२ गोलको बराबरी खेल्यो ।

चेल्सीका लागि जोआओ फेलिक्स र काइ हाभार्जले एक-एक गोल गरे । एभर्टनका लागि अब्दोलाय डाकोर र एलिस सिम्सले एक-एक गोल फर्काए ।


बराबरीसँगै २७ खेलबाट ३९ अंक जोडेको चेल्सी १० औँ तथा २८ खेलबाट २६ अंक जोडेको एभर्टन १५ औँ स्थानमा रहेका छन् ।

अर्को खेलमा टोटेनहमले साउथाम्पटनसँग ३-३ गोलको बराबरी खेल्दै अंक बाड्यो । टोटेनहमका लागि पेद्रो पोरो, ह्यारी केन र इभान पेरिसिकले एक-एक गोल गर्दा साउथाम्टनका लागि चे एडम्स, थियो वालकोट र जेम्स वार्ड-प्रोसले एक-एक गोल गरे ।

यससँगै २८ खेलबाट ४९ अंक जोडेको टोटेनहम चौथो स्थानमा यथावत रहेको छ । साउथाम्पटन भने २३ अंकसहित पुछारमा रहेको छ ।


Author

थप समाचार
x